प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । योगीले जारी गरेको सूचनामा आजको बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *