काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरु निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोगका विषयमा उठेको प्रश्नमा लगाएको आरोपको जवाफ दिन संसदीय समितिमा नजाने भएका छन् । उनीहरुले लिखित जवाफ संसदीय समितिलाई पठाउदै आफूहरुमाथि उठेका विषयमा जवाफ दिन समितिमा नजाने बताएका छन्।
निलम्बित प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्त गर्दा पूर्वप्रधानन्यायाधीशहरुलाई पनि भाग छुट्टाउनुपर्ने गरेको आरोप लगाउनुभएको थियो ।