नेप्से ५७ अङ्कले घट्यो

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ । लगातार दुई दिन बढेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेको छ ।

नेप्से परिसूचक उच्च अङ्कले घटेको दिन दुई सय ३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *