महिला साफमा नेपालले भारतको सामाना गर्दै

काठमाडौं । घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे नेपालले साविक विजेता भारतको सामना गर्न लागेको हो ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ भने भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ ।

नेपाल हरेक संस्करणमा भारतसँग पराजित हुँदै उपाधि जित्नबाट बञ्चित हुँदै आएको छ । विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

यसैगरी बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *