माओवादीका उपाध्यक्ष महरा निर्वाचनका लागि तीन ठाउँबाट सिफारिस

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रतिनिधी सभाको निर्वाचनका लागि तीन ठाउँबाट सिफारिस हुनुभएको छ । उहाँ दाङ क्षेत्र नं.१ बाट पनि सिफारिस भएसँगै तीन क्षेत्रबाट सिफारिसमा पर्नुभएको हो । यस अघि उहाँको दाङ क्षेत्र नं.२ र रोल्पाबाट पनि सिफारिस भएको थियो ।

बिहीबार बसेको पार्टीको क्षेत्रीय कमिटी बैठकले दाङ क्षेत्र नं.१ बाट महरालाई सिफारिस गरेको हो । सोही क्षेत्रबाट पार्टीका पोलिटब्युरो सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ र लुम बहादुर कार्की ‘बद्री’को नाम पनि सिफारिस गरिएको छ ।

यसैगरी दाङ क्षेत्र नं. २ बाट महरासंगै पार्टीका पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज निर्मल आचार्य र पोलिटब्यूरो सदस्य रेखा शर्मालाई सिफारिस गरिएको छ ।त्यस्तै दाङ क्षेत्र नं.३ बाट पार्टी नेता कुवेर वली र धनबहादुर मास्की‘राजेश’को नाम सिफारिस भएको छ । योसंगै माओवादीले दाङका तीन वटै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारहरुको नाम सिफारिस टुंगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *