वृद्धा बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं। बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा बुढीगंगा नगरपालिका-६ का ४० वर्षीय बिष्णु भारतीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनले ७० वर्षीया बृद्धामाथि बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अशक्त बृद्धामाथि बुधबार राति बलात्कार भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us