सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

अर्घाखाँची। अविरल वर्षाका कारण सडक माथिबाट पहिरो गएपछि बिहानैदेखि सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । सदरमुकाम सन्धिखर्कबाट बुटवल, काठमाडौंका लागि छुटेका गाडी घुम्तीमै रोकिएका छन् ।

सडक माथिबाट पहिरो निरन्तर खसिरहेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयो । पहिरो हटाउन खोज्दा माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल हटाउने कार्य स्थगित भएको पनि उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *