दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

काठमाडौं। यातायात व्यवस्था विभागका अनुसार यसवर्षको दशैंका लागि भोलि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ । विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।

यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नेरगराउने सहमति भएको थयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *