स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरी यस सम्बन्धी जानकारी दिएको हो । स्थानीय चुनावका लागि दुई करोड मतपत्र छाप्ने तयारी भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

यसमा बोलकबोल हुन बाँकी रहेकाले कति खर्च लाग्ने भन्ने यकिन नभएको उहाँको भनाइ छ । आयोगले १३ चैतमा मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसपछि मतपत्र छपाइका लागि प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

स्थानीय तह निर्वाचनका लागि करीब एक करोड ७७ लाख मतदाता छन् अर्यालले भने,मतदाताका अतिरिक्त १५ प्रतिशत जति थप मतपत्र छाप्नुपर्ने हुन्छ । मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us