स्वास्थ्यकर्मी श्रमिकको आन्दोलनमा आईसीटियूको अध्यक्ष बिष्णु लम्सालको ऐक्यबद्धता

काठमाडौं । नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुका श्रमिकको माग सुनुवाई नभएपछि शान्तिपुर्ण आन्दोलन सुरु भएको छ ।

पेशागत हकहितका लागि ब्यबस्थापन समक्ष राखेको जायज माग उपर ब्यबस्थापनले सुनुवाई नगरेको भन्दै एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आईसीटियूका अध्यक्ष बिष्णु लम्सालले ऐक्यबद्धता जनाउँनु भएको हो ।

उहाँले श्रमिकको जायज माग वार्ताको माध्यमबाट तत्काल पूरा गर्न व्यवस्थापन पक्षलाई आग्रह पनि गर्नुभएको छ । साथै, तत्काल समस्या समाधानको निम्ति ब्यबस्थापन पक्ष तयार नभए आन्दोलन चर्काउने समेत बताउनुभएको छ । कडाइसाथ थप आन्दोलन गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *