प्रतिनिधि सभाबाट ३ वटा विधेयक स्वीकृत

काठमाडौं। प्रतिनिधि सभाको शुक्रबार बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयकलाई वहुमतले स्वीकृत गरेको छ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ। त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *