गुल्मी । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले ४ उपमहानगरपालिका र ३२ नगरपालिकाको प्रतिनिधित्व गर्दै नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशको अध्यक्षमा पन्थीलाई सर्वसम्मत निर्वाचित निर्वाचित गरेको हो ।
पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति हुन् । भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याललाई चयन गरेको छ । उनी एमालेबाट निर्वाचित मेयर हुन् ।
जनप्रतिनिधिहरूले संघलाई प्रदेशका सबै नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी सहमतिमा कार्यसमिति चयन गर्ने नीति बनाएका छन् ।
नगरपालिका संघमा लुम्बिनी प्रदेशमा पहिलो हुने पार्टीले संयोजक र दोस्रो दलले सहसंयोजक लिने व्यवस्था छ ।