प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीलाई दोलखा पर्ने निश्चित

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको भागमा दोलखा पर्ने निश्चित भएको छ । सत्तारुढ ५ दलीय गठबन्धनभित्र दोलखाको एक मात्रै क्षेत्र एकीकृत समाजवादीलाई दिने प्रारम्भिक सहमति भएको हो ।

नेकपा एसले दोलखामा आफ्नो पकड भएकोले आफुले पाउनुपर्ने माग राख्दै आएको थियो । गठबन्धनभित्र दोलखामा प्रतिनिधिसभा एसलाइ दिने निश्चित भएपछि टिकटको दबाब दिन काठमाडौ आएका नेता कार्यकर्ता चुनाव तयारीका लागि जिल्ला फर्किन थालेको उपसचिव संगीता पाख्रिनले बताइन् ।

नेकपा एस दोलखाले प्रतिनिधि सभामा पार्टीका पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीलाई उम्मेदवार बनाउने निर्णय यस अघि नै गरिसकेको छ । इमानदार छवि बनाएका भण्डारीलाई दोलखामा गठबन्धन र एमालेभित्र समेत प्रभावशाली नेताको रुपमा हेरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *