धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो ।
सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गर्नुभएको हो ।
प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उहाँहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बन्नुभएको हो ।
दुवै जनाले श्क्रवार नै पद तथा गोपनियताको सपथ लिइसक्नुभएको छ । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उहाँको सट्टामा सोडारीलाई पठाएको हो ।
यस्तै समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएका कुलबीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उहाँको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।