एकीकृत समाजवादीले बनायो समानुपातिक उम्मेदवारका लागि मापदण्ड

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले हाल प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पुनः सोही कोटामा उम्मेदवार नबनाउने निर्णय गरेको छ । 

एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विगतमा अवसर नपाएकालाई समानुपातिकमा अवसर दिने पार्टीले निर्णय लिएको जनाउनुभएको छ । 

उहाँले विगतमा दुईपटक वा सोभन्दा बढी समानुपातिक सांसद र राष्ट्रियसभाको सदस्य भएकालाई समेत समानुपातिक बन्द सूचीमा नराखिने विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।  स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुलाई पनि समानुपातिक सूचीमा नराख्ने विज्ञप्तिमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *