काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई राजनीति गर्न नै सकस भएको छ । अन्तिम समयमा आउँदा एकदम भयानक चाल चालेर विपक्षलाई मैदान पछार्ने प्रचण्ड अब आफैं पछारिने खतरा बढेको छ ।
वर्तमान अवस्थामा सबैभन्दा बढी व्यस्त नेता नै प्रचण्डभन्दा फरक पर्दैन । उनले गठबन्धनमा सहकार्य गर्ने दल र नेतृत्व गर्ने दलसँग बाक्लो छलफल चलाएका छन् । प्रचण्डलाई डर नै डर छ । उनलाई के डर छ भने एमसीसीको पक्षमा उभिए पार्टी फुट्ने डर छ । माओवादीका शीर्ष नेताहरुले एमसीसीको विपक्षमा उभिन् प्रचण्डलाई भनिरहेका छन् । प्रचण्डको ढुलुमुले चरित्रले उनी कता उभिन्छन् प्रष्ट भएको छैन् ।
विपक्षमा उभिए गठबन्धन टुट्ने खतरा छ । माओवादीले विपक्षमा मत दिए सरकारमा बस्न नसकिने कांग्रेसले स्पष्ट पारिसकेको छ । माओवादीले विपक्षमा मत दिए सुरुमा सरकारबाट बाहिरिनुपर्छ । प्रचण्ड भने गठबन्धन तीनै तहको निर्वाचनसम्म लैजान चाहान्छन् ।
सरकारले एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्रीले एमालेसँग सहकार्यको हात अघि बढाउनुपर्ने भएकाले पनि गठबन्धन जोगाउन प्रचण्डको दौडाहा बढेको हो ।
एमसीसी अनुमोदनको सकस झेलिरहेका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्छन् त कहिले माधव नेपाल र झलनाथ खनालसँग । प्रचण्डलाई पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोलन गर्न सहयोग गरे पार्टी फुटाउने धम्की दिएको पनि बुझिएको छ । माओवादीका अत्याधिक नेता एमसीसीको विपक्षमा छन् ।
प्रचण्डको एउटा पूरानो बानी छ । उनी जता बहुमत हुन्छ त्यता नै उभिन्छन् । प्रचण्डले आफ्नो कुरा पछि पर्ने भएपछि बहुमतको कुरा अंगालेर नेतृत्व दिने बानीले उनी राजनीतिको सर्वोच्च पदमा नै कायम छन् । उनको पूरानो बानीलाई आधार मान्ने हो भन्ने उनी एमसीसीको विपक्षमा उभिएर पार्टीलाई साथ दिन्छन् ।
प्रचण्ड चुनावमा एक्ले जान डराएकाले पनि गठबन्धन जोगाउन खोजेको आरोप छ । माओवादी केन्द्र सबैभन्दा बढी सत्तामा बस्ने पार्टी हो । देशमा गणतन्त्र स्थापना भएपछि कहिले माओवादी नेतृत्वमा पुग्यो त कहिले अरुलाई नेतृत्वमा पुर्यायो । तर माओवादी सधैंजसो सत्ताको वरीपरी नै छ ।
