कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

कालीमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा ५ च ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले  बताउनुभयाे ।

दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका छन् । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अन्य घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us