काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाएको छ ।
सोमवार दिउँसो निर्वाचन आयोगमा पुगेर समाजवादीका नेताहरुले समानुपातिकको बन्द सूची बुझाएका हुन् । एकीकृत समाजवादीले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको छ ।
बन्दसूचीको पहिलो नम्बरमा उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाएको हो । उपमहासचिव तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गर्नुभयो ।