काठमाडौं । काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाइते भएको भट्टराईले जानकारी दिए । घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार घाइतेको पहिचान खुलेको छैन।
घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।