शिक्षा सुधार्न आलोचनाभन्दा सामुहिक प्रत्यत्न आवश्यक छ: मन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामुहिक प्रत्यन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालयतह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामुहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताउनुभयो ।

“पाइलैपिच्छे आलोचनागर्दै हिँडेर शिक्षा सुध्रिदैन,”उहाँले भन्नुभयो, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिकप्रत्यन गरे शिक्षा सुधार हुन्छ ।’

बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उहाँको भनाइ रहेको छ ।

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको औंल्याउनु भयो । 

विश्वविद्यालयका आंगिक क्याम्पसहरु शिक्षा विषयमा रुची नभएकाले भर्ना हुनेको संख्यामा कमि आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताउनुभयो । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले बैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने बिश्वास व्यक्त गर्नुभयो ।

“विद्यार्थीहरुले परीक्षा दिएको वर्ष दिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उहाँले भन्नुभयो, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौं सबै समयमा हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us