कञ्चनपुर । मुक्त हलिया, सशक्तिकरण (अधिकार) परियोजना अन्तर्गत मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार उल्लङ्घनका मुद्दाहरु व्यवस्थापन सम्बन्धी असोज २ र ३ गते २ दिने तालिमको आयोजना गरेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग र फेल्म नेपाल, लुथरन विश्व फेडेरेशन नेपाल, तथा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट्र) नेपालको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
मानव अधिकार सम्बन्धी वकालत गर्दै आउनु भएका अधिवक्ता अच्युत आचार्य तथा काहुराष्ट्र नेपालका तथा मानव अधिकार कर्मी सरला महार्जन र क्रिष्टिना नकर्मी मुख्य प्रशिक्षकको रुपमा रहनुभएको हो। मुक्त हलिया समुदाय,दलित हलिया, हलिया महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको उल्लङ्घनको उजुरी तथा कारवाही सहजीकरण र घटनाहरुमा सत्य तथ्य खोज सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरिएका छ।
कार्यक्रममा राष्ट्रिय हलिया मुक्ति समाजका पदाधिकारी,राष्ट्रिय मुक्त हलिया महासंघका पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो । मुक्त हलिया परिवारलाई आफ्नो अधिकार सहित समुदायको अधिकार कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ। मानव अधिकार रक्षा गर्न र मानव अधिकार हनन हुन नदिनको लागि कसरी अधिकार प्राप्त गर्ने भन्ने बारे प्रशिक्षणको मुख्य उद्धेश्य रहेको मानवअधिकार अधिवक्ता अच्युत आर्चायले बताउनुभयो।