कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान  र बाँकी  भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  
बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us