तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले उकालो लागेको छ। यो सँगै सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us