तालिबानले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

काठमाडौं। तालिबान सरकारले आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने भएको छ। तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो।

विभागका अनुसार अबको एक महिनाभित्र टिकटक र तीन महिना अर्थात् ९० दिनभित्र पब्जीमा प्रतिबन्ध लगाइनेछ। अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन्। दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us