डेंगीबाट २१ जनाको मृत्यु, १७ हजार ४९४ जना संक्रमित

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यस वर्ष असोज ३ गतेसम्म नेपालमा डेंगी संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १७ हजार ४९४ जना संक्रमित भएका छन् ।

हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा चार हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ । यस्तै, दाङमा एक हजार १४९, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२ तथा काभ्रेमा १५६ जनामा संक्रमण पुष्टि भएकोे छ । अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

डेंगी संक्रमण पहिचानका लागि साधारण प्रयोगशाला तथा क्लिनिकमा परीक्षण गराउने र आफैँले औषधि लिएर खाने गर्दा संक्रमितमा जटिलता थपिने भएकाले चिकित्सकको सल्लाहबिना औषधि नखान विज्ञहरुले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us