काठमाडौं । शहरी विकास मन्त्रालयका उपसचिव जीवन सेढाँई सुप्रवल जनसेवा श्रीबाट बिभूषित हुनुभएको छ । यातायात सिण्डीकेटविरुद्ध उभिएका कारण १८ बर्षअघि गोली लागेका सेढाँईलाई पहिलो पटक सरकारले विभूषित गरेको हो ।
हाल शहरी विकास मन्त्रालयमा उपसचिव पदमा कार्यरत सेढाँईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सिफारिसमा सरकारले उक्त पदक प्रदान गरेको हो ।
कास्कीमा यातायात व्यवस्था कार्यलय प्रमुख रहेका सेढाईलाइ काठमाण्डौ कामको सिलसिलामा आएको बेला २०६१ जेठ २८ गते पहिचान नखुलेको समुहले गोली हानेको थियो । सिण्डीकेटविरुद्ध कठोर रुपमा उत्रिएका कारण उनलाई बिरोधीहरुको समुहले काठमाण्डौमा गोली हानेको थियो ।
उक्त घटनामा सेढाँईको कम्मरमा गोली लागेको थियो । उक्त घटनाका कारण शारिरीक रुपमा अस्वस्थ भएपछि सेढाँईको वृद्वि विकास समेत रोकिन पुग्यो । निजामति सेवामा प्रवेश गरेको यतिका बर्षपछि राज्यले ढिलै भएपनि मुल्याङकन गर्न लागेको भन्दै सेढाँईले खुसी गर्नुभयो ।
साथीहरु अहिले सचिव र सहसचिव भइसकेपनि उहाँको बढुवा शारिरीक अस्वस्थतकै कारण रोकिएको छ । निजामति सेवामा जिउँदो शहिदका रुपमा चिनिने सेढाँई सरल र सहयोगी स्वभावको रहेको मन्त्रालयका कर्मचारीहरु बताउछन्