ललितपुर । ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सूचना जारी गरेको हो ।
नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरको सूचनामा उल्लेख छ ।