काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्नुभएको छ। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाउनु भएको खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराउनु भएको हो।
कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो। आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको पूर्व आइजीजी खनालले बताउनु भयो।