लोकन्थलीमा गाडीको किचेर १७ महिने बच्चाको मृत्यु

काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीको किचेर १७ महिने शिशुको मृत्यु भएको छ । सवारी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान भक्तपुरको मध्यपुर ठिमी–१ लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोरा सलिन खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए . पानी झारेर गाडी अगाडि बढाउने क्रममा किचेर घाइते भएका उनको समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *