डेंगु संक्रमणबाट हालसम्म २७ जनाको मृत्यु, २१ हजार बढीमा संक्रमण

काठमाडौं । नेपालमा हालसम्म डेंगु संक्रमणबाट २७ जनाकाे ज्यान गएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएकाे तथ्यांकानुसार गत असारदेखि हालसम्म डेंगुका कारण २७ जनाकाे ज्यान गएकाे हाे ।

काठमाडाैं  उपत्यकासहित देशभर हाल डेंगु तीव्र रूपमा फैलिरहेकाे छ । महाशाखाका अनुसार हालसम्म संक्रमितको संख्या २१ हजार ३५२ पुगेकाे छ । तीन वर्ष अगाडि १७ हजार बढीमा डेंगु संक्रमण भएकाे थियाे । 

यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ६५४ पुगेको छ ।

महवानपुर, काभ्रे, धादिङ लगायतका जिल्लामा पनि डेंगु संक्रमण तीव्र रूपमा फैलिइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *