प्रतिगमनकाे खतरा अझै छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र भइरहेको बताउनुभएकाे छ।

शुक्रबार राजधानीमा आयोजित पार्टीनिकट किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गत सालदेखि प्रतिगमनको नयाँ–नयाँ रूप आएको बताउनुभएकाे हाे।

उहाँले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको बताउँदै परिवर्तन पक्षधर र विरोधीबीच अहिले पनि पेचिलो संघर्ष चलिरहेको बताउनुभयाे ।

दाहालले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारी कदमले त्यो प्रतिगमन देखाएकाे उहाँले दाबी गर्नुभयाे ।

प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको भन्दै राष्ट्रपतिको कदमविरूद्ध पनि सडकमा उत्रिनुपर्ने दाहालकाे भनाइ छ।

‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ। हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ’, अध्यक्ष दाहालले भन्नुभयाे, ‘संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन ।’

‘हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो । यसलाई रोक्न अरु कसैले सक्दैन । गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्यौं । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’ उहाँले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us