पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।  शुक्रवार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।  अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ ।  यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *