कस्तो रहँला आज देशभरको मौसम ?

काठमाडौं । आज देशका अधिकांश भागमा सामान्य र केही भागमा मध्यम बदली हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ ।

लुम्बिनीका एक/दुई स्थानमा मुसलधारे वर्षाको आँकलन गरिएको छ । राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान  र बाँकी  भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  
शनिवार लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *