निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतबार छलफल गर्दै छ।  सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धमा दलहरूसँग अन्तर्क्रिया गरिने बताउनुभयो। छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने÷नआउने सम्बन्धमा सुनिश्चित भइनसकेको पौडेलले बताउनुभयो । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। तर त्यसअघि दलहरूबाट प्रतिबद्धता लिन छलफल गर्न लागिएको बताइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us