तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आइपुगेको हो ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० सय रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us