चिकित्सक लाइसेन्स परीक्षामा ४२ प्रतिशत मात्रै उत्तिर्ण

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा परीक्षा दिएका मध्ये ४२ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । काउन्सीलले लिएको परीक्षामा २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तिर्ण भएको हुन् ।

यस्तै, ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् । काउन्सिल रजिष्ट्रार डा।कृष्णप्रसाद अधिकारीका अनुसार मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी भएका थिए । काउन्सिलले गत असोज ६ देखि ८ गतेसम्म ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us