काठमाडौं । स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट हुने भएको छ । २०७९ असोज ९ गते स्वास्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने भएको हो। अनेरास्ववियूले २०७९ श्रावण ४ गते स्वास्थ सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट माग्दै स्वास्थ मन्त्री भवानी खापुङ समक्ष ज्ञापनपत्र पेश गरेको थियो । साथै अनेरास्ववियूले गत भदौ ३० गते यसबारेमा पुनः ध्यानाकर्षण पत्र पेश गरेको थियो ।
सोमबार आरआर क्याम्पसमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिनुभयो ।