माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि चीन जाने

काठमाडौं । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँनुहुने भएको छ ।

पुन कार्गो विमानमार्फत शुक्रवार बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिनुभयो । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।

उहाँको साथमा पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि जानुुहने बताइएको छ । यस्तै उहाँको नियमित उपचारमा संलग्न डा रोशन पोखरेल पनि सँगै चीन जानुहुनेछ ।  पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनुभएको थियो । 

जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us