काठमाडौं। नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिनको लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबारका दिन सेवा बन्द गरिने भएको हो ।
मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । वहाँका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ ।