युवासंघका महासचिव जिएम बाँकेबाट चुनाव लड्ँदै, यस्ता छन् ७ बुँदे निर्वाचन योजना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति नजिकिदै गर्दा बाकेमा चुनाबी सरगर्मी बडदै गएको छ । बाँकेको ३ वटा प्रतिनिधि सभा र ६ प्रदेश सभामा सबै जस्तो प्रमुख दलले केन्द्रमा उम्मेद्वार सिफारिस गरिसकेका छन र उम्मेद्वारहरु टिकटको रस्साकस्सीमा यतिबेला राजधानी केन्द्रित छन ।

यता केहि उम्मेद्वारले आफूले टिकट पाएको खण्डमा ५ बर्षमा गर्ने योजनाहरु प्रस्तुत गर्न थालेका छन । नेकपा एकीकृत समाजबादीका निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश (क)का लागी प्रदेश सभा उम्मेद्वार सिफारिस भएका युवा संघ नेपालका महासचिब तथा बाके पार्टी सचिब दिपक जिएम (गौरी मगर) ले पनि आफ्ना योजनाहरु सार्बजनिक गरेका छन ।

यस्ता छन जिएमले सारेका योजनाहरु :

१) बाके क्षेत्र न.-३ प्रदेश (क) मा बसोबास गर्ने जनताहरु मध्य अति बिपन्न, बिपन्न, निम्न बिपन्न, मध्यम बर्गको पहिचान गर्ने।

२) खाना खान नपाउनेलाइ सहजै खाना खान पाउने व्यबस्था गर्ने।

३) बस्ने घर नभएकाहरुको पहिचान गरि सुरक्षीत आवासको वयवस्था गर्ने।

४) सहजै गुणस्तर शिक्षामा पहुच नपुगेकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्ने।

५) आर्थिक अभाबका कारण सामान्री उपचार नपाउनेहरुका लागि निशुल्क उपचारको वयवस्था गर्ने।

६) स्थानिय स्तरैमै कृषि क्षेत्रलाई यान्त्रीकरण र व्यबसायिक करण गर्दै रोअजगारिको सृजना गर्ने।

७) बैदेशिक रोजगारिमा जाने हाम्रो रहर नभइ बध्यता भएको हुदा सुरक्षा लगाएतको ग्यारेन्टी गर्दै सिपमुलक तालिम प्रदान गरि कोरिया, जापान, लगाएत खाडिमुलुकहरुमा सरकारी लगानिमा कम्तिमा १ घर १ व्यक्ती पठाउने ब्यबस्था मिलाउने।

५ बर्ष भित्र यति काम गर्ने हो भने यस निर्वाचन क्षेत्र भित्र बसोबास गर्ने श्रमजीवी सर्वाहारा जनताको जीवन स्तरमा केही परिबर्तन पक्कै पनि आउने जिएमको धाराणा छ । अहिले मुलुकमा भ्युटावर, पार्क जस्ता आयोजनामा अरबौ बजेट खन्याउने ठेक्का लाउने, कमिसन खाने जस्ता क्रियाकलापले निरन्तरता पाइरहेकोले जनताको जीवन स्तरमा परिवर्न नआएकोले गरीबीको ठिलो खाडल बन्दै गएको उनको ठम्याइ छ।

४ बर्ष ११ महिना हामी आफ्नो घरमा जेछ त्यही खादा नि जीवन चलेको छ । आफैले पेट्रोल र रिचार्ज हालेर बाइक र मोबाइल चलेकै छ । १ महिना उम्मेदवारको अनावश्यक पैसा खर्च गराएर फेरि ५ बर्ष भ्रष्टाचार गर्ने दिशा तर्फ प्रोत्साहन गर्ने कुरोलाई रोकौ ।

१ महिना उम्मेदवारको केही नखाउ, बिकास नगरे निर्वाचन क्षेत्र प्रवेश निषेध गर्नु पर्छ भन्ने अभियानलाई सफल बनाउन अपिल गरेका छन् । आगामी निर्वाचनमा गठबन्धनको तर्फबाट बाके-३(क) बाट नेकपा एसको तर्फबाट जिएम लाई टिकट दिने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *