काठमाडौं । ४३औं विश्व पर्यटन दिवसको अवसर पारी मंगलबार पहिलो उडानबाट काठमाडौं आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघ–संस्था तथा निकायले विभिन्न कार्यक्रम–गतिविधि गरिरहेका छन् । यस वर्ष ‘रिथिन्किङ टूरिजम’ नाराका साथ पर्यटन दिवस मनाइँदैछ ।
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ‘टान’ का प्रथम उपाध्यक्ष प्रदिप पण्डितका अनुसार ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल ‘टान’ र नेपाल पर्यटन बोर्ड ले विमानस्थलमा पर्यटकलाई स्वागत गरेको हो ।
काठमाडौंमा हिमालय एयरलाइन्सबाट अवतरण गरेका पर्यटकलाई स्वागत गरिएको हो । प्रथम उपाध्यक्ष पण्डितका अनुसार विमानस्थलमा अस्ट्रेलिया , स्पेन , स्विडेन , जर्मन , फ्रान्स लगायत देश बाट नेपाल भ्रमणमा आएका पर्यटक लाई स्वागत गरिएको थियो। नेपालसहित विश्वभर मंगलबार विश्व पर्यटन दिवस मनाइँदैछ ।