काठमाडौं । अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदै हुनुहुन्छ ।
विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहनुभएका उहाँ नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आउन लाग्नुभएको हो ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उहाँले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउनुहुनेछ।