रविन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा ब्रह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गर्नुभएको हो । राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *