आङ सान सूकीलाई तीन वर्ष जेल सजाय

काठमाडौं। देशको अफिसियल सिक्रेट एक्ट उल्लंघनको आरोप लागेकी म्यानमारकी नेता आङ सान सूकीलाई बिहिबार तीन वर्षको सजाय सुनाइएको छ । यसमा अधिकतम १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । साथै उनका आर्थिक सल्लाहकार तथा अष्ट्रेलियाली प्राध्यापक सिन टरनेललाई पनि यसै आरोपमा तीन वर्षको सजाय सुनाइएको छ ।

सिन टरनेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो । यसको केही दिन अघि म्यानमारको सेनाले लोकतान्त्रिक सरकारमाथि सैन्य कू गरेपछि सूकीलाई पक्राउ गरेको थियो । नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ सान सूकीलाई पहिले नै विभिन्न आरोपमा दुई दशकभन्दा बढी जेल सजाय सुनाइसकिएको छ । दुबै मुद्दाको सुनुवाई बन्द सैन्य कोर्टमा भएको छ जसमा मिडियालाई प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको सरकार म्यानमारको जुन्टा सरकारसँग सिन टरनेललाई रिहा गर्नका लागि लगातार अपिल गरिरहेको छ । अष्ट्रेलियाली अधिकारी तथा सिन टरनेल दुबैले म्यानमारको सुरक्षा कानुनको उल्लंघनको आरोप अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *