गठबन्धनको १५७ निर्वाचन क्षेत्रको टिकटको भागबन्डा लगभग टुङ्गियो

काठमाडौं। सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग टुङ्गो लगाएको छ । केही क्षेत्रमा भने गठबन्धनले टिकटको भागबन्डा टुंग्याउन बाँकी नै छ ।

हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगिएको गठबन्धन निकट एक नेताले बताए । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो। अन्तिम सहमति अनुसार नेपाली कांग्रेसले ८५ निर्वाचन क्षेत्र पाउने छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४१ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ ।

यता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १७ सिट पाउने सहमति गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टीले १२ निर्वाचन क्षेत्र पाउने सहमति गरिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *