सवारी दुर्घटनामा एकको मृत्यु, घाइतेमध्ये पाँच जनाकाे अवस्था गम्भीर

धादिङ । नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् ।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई  उद्धार गरी धादिङ अस्पताल पठाएका थिए ।

घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *