काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कनुहुने भएको छ । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लाग्नुभएको हो ।
चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको स्रोतले बताएको छ ।
राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसवारेमा भने कुनै निर्णय चीन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आउनुभएको थियो ।
उहाँले चीन फर्कनुअघि राष्ट्रपति, प्रधानमन्त्री देखि राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नुहुनेछ ।