६७ रनले इंग्ल्यान्ड विजयी

काठमाडौ । घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४–३ ले जितेको छ ।

आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए । इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।

इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए । ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे । पाकिस्तानका  मोहमद हस्नेनले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *