एमालेले गर्यो मधेश प्रदेशको जिम्मेवारी हेरफेर

महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ ।  जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सवै जिल्लामा समबन्धित नेतालाइ पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये  महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् ।

क्षेत्र नम्बर १ को  क्षेत्रीय इन्चार्ज केदारबहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाइ तोकिएको छ ।

यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शरदादेवी थापालाइ दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाइ मनोनित गरिएको छ भने  भानुभक्त पोखरेललाइ जनसांस्कृतिक महासंघ  मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा  र गुन्ज खडकालाइ  सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशवाट निर्णयभएसँगै  शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एक–एक  जना प्रतिनिधि बोलाएर अध्यक्ष रामऔतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गर्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *