चितवनबाट चुनाव नउठ्ने प्रचण्डको तयारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत देखिएको छ ।

उहाँ चितवनबाट चुनाव नलड्ने संकेत पाएपछि चितवनका माओवादी कार्यकर्तामा हलचल देखिएको हाे । माओवादी निकट वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै चितवन र ३ नं निर्वाचन क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएकाे बताउनुभएकाे छ ।

उहाँले देशका र बाहिरका परिवर्तन बिरोधीका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति समेत सिर्जना भएकाे बताउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us